अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

एसईईको नतिजा प्रकाशन

बिआरटीनेपाल २०७७ भदौ १ गते ६:५० मा प्रकाशित

माध्यमिक शिक्षा परीक्षा- एसईईको नतिजा सोमबार साँझ प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको दिनभर बसेको बैठकपछि सोमबार साँझ नतिजा प्रकाशित भएको हो।

कोरोना भाइरसको महामारीका कारण यसपटक एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन।त्यसपछि सम्बन्धित विद्यालयलाई नै विद्यार्थीको मूल्याङ्कन गरेर ग्रेडिङ गर्ने जिम्मेवारी दिइएको थियो।

यसपटक  एसईई परीक्षाका विधार्थीको संख्या ४ लाख ८२ हजार ७ सय ७ थियो। करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय