अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

गण्डकी प्रदेश सभा बैठक ९ गते सम्मको लागि स्थगित

बिआरटीनेपाल २०७७ भदौ १ गते ६:४७ मा प्रकाशित

गण्डकी प्रदेश सभा बैठक आगामी भदौ ९ गते सम्मका लागि स्थगित भएको छ । कांग्रेसले सोमबारको बैठक अवरुद्ध गरेलगत्तै सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक ८ दिनका लागि स्थगित भएको घोषणा गर्नुभएको हो । कांग्रेसको अवरोध सहित यो अबधिमा चाडपर्व परेको र पोखरामा कोरोना संक्रमण बढेपछि बैठक ८ दिन स्थगित गरिएको बताईएको छ ।

यसअघि, आजको बैठकमा सरकार कोरोना नियन्त्रणमा संवेदनशील नभएको र आफूहरुले पटकपटक स्मरण गराउँदा पनि जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको थियो । कांग्रेसले आइतबारको बैठक पनि २ पटकसम्म अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय