अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

नेपालमा थप ५ सय ८१ जनामा कोरोना सङ्क्रमण, पछिल्लो २४ घण्टामा ३ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ भदौ १ गते ६:४५ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २७ हजार दुई सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ११ हजार पाँच सय २० जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ५ लाख २९ हजार ४ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै पछिल्लो २४ घण्टामा १ सय ६० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९७ पुगेको छ । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा ९ हजार ६ सय ३९ जना छन् । यस्तै १५ हजार १ सय ८८ जना क्वरेण्टीनमा रहेका छन् । गत २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट ३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ ।

यसैबी च, देशभर रहेका कोरोना संक्रमितहरुमध्ये ११३ जनाको आइसियूमा उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश–१ मा एक जना, प्रदेश–२ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश ५ मा ११ जनाको आइसियुमा उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भेन्टिलेटरमा रहेका कोरोना संक्रमितहरुको संख्या ६ रहेको जानकारी दिनुभयो । तीमध्ये सबै बागमती प्रदेशको रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय