अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

बेलायती डाक्टर बनी नेपाल आएर बिहे गर्छु भनेर झण्डै ५० लाख रुपैयाँ ठग्ने व्यक्ति पक्राउ

बिआरटीनेपाल २०७७ साउन ३२ गते ७:३१ मा प्रकाशित

आफू बेलायतको डाक्टर भएको र नेपाल आएर बिहे गर्छु भन्दै झण्डै ५० लाख रुपैयाँ ठगी गर्ने एक अङ्गोलाका नागरिक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा मार्की एरोन नाम गरेको व्यक्तिले नेपालकी एक युवतीलाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको र नेपाल आएर बिहे गर्छु भन्दै ठगेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनको असली नाम सिल्भा एन्टिनियो डी कोस्टा रहेको प्रहरीले जनाएको छ ।

उनले नयाँ वर्षको अवसरमा हिराको औँठी, सुनको सिक्री र दुई लाख ३० हजार पाउण्ड पठाएको र भन्सार छुटाउन भन्दै पटक–पटक गरेर ४८ लाख ५४ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनले युवतीसँग सामान नेपाल आइपुगेको र भन्सार छुटाउन थप २० लाख रुपैयाँ चाहियो भनेर मागेपछि युवतीले प्रहरीलाई खबर गरेकी थिइन् । तर उनी त्यहाँबाट भागेपछि प्रहरीले ठमेलको एक होटलबाट पक्राउ गर्न सफल भएको हो ।

उनले नक्कली नोट बनाउने गरेको पनि बुझिएको र नोट बनाउन प्रयोग हुने सामग्री पनि बरामद भएको अपराध महाशाखाका एसएसपी ईश्वर कार्कीले जानकारी दिनुभयो । उनी २०७६ सालको फागुनमा नेपाल आएका र ठगीको धन्दा सुरु गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय