अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

कालीकोटमा खोलाले बगाउँदा एकै परिवारका चार जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ साउन ३२ गते ७:२९ मा प्रकाशित

कालीकोटको नरहरिनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।माइत जान हिँडेकी अछामको पञ्चदेवल विनायक नगरपालिका ९ तानकोटकी ३३ वर्षीया देवा बोहोरा, उहाँकी १४ वर्षीया छोरी विपना सात वर्षीय छोरा हेमन्त र एक वर्षीया छोरी आकृतिको खोलाले बगाएर ज्यान गएको हो ।

शनिबार खोलाले बगाएका उनीहरुको शव आइतबार फेला परेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिनुभयो । भारी वर्षासँगै खोलामा पानीको बहाव बढेकाले जङ्घार तर्दा उनीहरु बगेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय