अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१
| Colorodo: 09:16
नेपालमा थप ६ सय ४१ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित थपिएसंगै मुलुकमा हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ । विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो। पर्सा र मोरङमा १÷१ गरी २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३४ जना कोरोनाको उपचारपछि निको भइ घर फर्किएका छन् । यो सहित निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा ९ हजार २ सय २१ जना छन् । यस्तै १५ हजार दुई सय ४३ जना क्वरेण्टीनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
