अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३
| Colorodo: 15:48
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक भोली (सोमबार) बिहान बस्ने भएको छ । बिहान ११ बजे बस्ने सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुने पार्टी श्रोतले जनाएको छ ।
गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय प्रवेश भएपछि पटक पटक स्थागीत हुँदै आएको छ । पार्टीको आन्तरिक विवादबीच गत १३ साउनमा स्थायी कमिटी बैठक स्थगित भएपछि अझै निरन्तरता पाउन सकेको छैन ।
यस बीचमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएपछि विवाद हल गर्न भन्दै महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो । सो कार्यदलले काम गरिरहेको बेला नेकपाले सचिवालय बैठक बोलाइएको हो ।
