अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 15:15

राष्ट्रिय भलिबल खेलाडीको कोरोना बिमा गरिने

बिआरटीनेपाल २०७७ साउन ३१ गते ६:४४ मा प्रकाशित

लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बिमा गर्न लागेको हो ।खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बिमा गर्न लागिएको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खेलाडीमा सानो भएपनि बिमाबाट राहत मिल्ने ट्रष्टले जनाएको छ ।खेलाडीको कोरोना बिमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले बताउनुभयो ।‘खेलाडीको कोरोना बिमा अहिलेको आवश्यकता हो । ट्रष्टले यो सराहनीय काम गरेको छ’–उहाँले भन्नुभयो ।

खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उहाँको भनाइ छ ।खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना संक्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताउनुभयो ।१३औं सागमा नेपाली महिला भलिबल टोलीले रजतपदक प्राप्त गरेको थियो । पुरुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो । हाल भलिबल खेलाडीले आ–आफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
लोकप्रिय