अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

धादिङको रुबीभ्यालीको हिन्दुङमा पहिरो गयो, १०० घरहरु जोखिममा

बिआरटीनेपाल २०७७ साउन ३१ गते ६:३७ मा प्रकाशित

गए राती परेको अविरल बर्षाका कारण उत्तरी धादिङको रुबिभ्याली गाउँपालिकामा १ सय घरधुरी जोखिममा परेका छन् । अस्ति र हिजो परेको बर्षासंगै पहिरो जाँदा रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङका २ घर बिस्थापित हुनका साथै १०० घरहरु जोखिममा परेका हुन् ।

रातीको समयमा परेको अविरल वर्षाका कारण हिन्दुङ गाउँ नजिकै पहिरो जाँदा पुरै बस्तीहरु जोखिममा परेको रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरुङ तामाङले जानकारी दिनु भयो । पहिरोका कारण विस्तापित भएका १ सय घरधुरीलाई गाउँपालिकाको पहलमा सुरक्षित ठाउँमा सार्ने तयारी भैरहेको तामाङले बताउनु भयो ।

हिन्दुङ गाउँको दुबै तर्फका खोलाहरु बढिरहेको र तल पहिरो गइरहेकाले मानवीय क्षति नहोस भनी पुरै गाउँ बस्तीलाई सुरक्षित स्थानमा सार्न लागिएको अध्यक्ष तामाङले बताउनु भयो । पहिरोका कारण हिन्दुङका बस्ती संगै त्यहाँका मानिसहरु जोखिममा परेका छन् । २०७२ सालको बैशाख १२ गतेको विनासकारी भुकम्पका कारण उक्त बस्ती अति संवेदनशिल स्थलको रुपमा सूचिकृत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय