अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२४ | Colorodo: 09:39

लामो समयको संवादहीनतापछि प्रधानमन्त्री ओली र मोदीबीच वार्ता, नेपाल भारत सम्बन्धका बिषयमा छलफल

बिआरटीनेपाल २०७७ साउन ३१ गते ६:२९ मा प्रकाशित

नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच आज (शनिबार) वार्ता भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार टेलिफोन गर्दै बधाई दिनुभएको छ । भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएको उल्लेख छ ।

टेलिफोन संवादमा दुई प्रधानमन्त्रीले कोरोना महामारीको प्रभाव कम गर्न दुई देशले गरिरहेका प्रयासहरुको सराहना पनि गरेको बताईएको छ । प्रधानमन्त्री मोदीले नेपाललाई कोरोना प्रभाव कम गर्न निरन्तर सहयोग गर्ने पनि सुनिश्चित गरेको भारतले जानकारी दिएको छ।

सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच सभ्यता र संस्कृतिका तहमा भएका सम्बन्धको समेत स्मरण गर्नुभएको बुझिएको छ । मोदीले वार्ताका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिनुभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय