अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

भारतीय विदेशमन्त्री जयशंकर अभिव्यक्तिप्रति नेपाली काँग्रेसको आपत्ति

बिआरटीनेपाल २०७७ साउन २५ गते ७:३७ मा प्रकाशित

भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । जयशंकरले हिजो आज सम्मकै महान भारतीय भनेर गौतम बुद्ध र महात्मा गान्धीलाइ चिन्ने गरेको बताउनुभएको थियो ।

यसबारे काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज लगातार सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति जनाउनुभएको छ । नेपाल बुद्ध भूमी हो भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको हो । फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ । शर्माले ट्वीटमा भन्नुभएको छ । गौतम बुद्ध भारतमा जन्मेको एस जयशंकर दाबीलाई शर्माले आवेगको जवाफ माग्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय