अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९
| Colorodo: 09:04
भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ । आगलागीमा परि ८ जना बिरामीको मृत्यु भएको छ । अस्पतालमा आज बिहान करिब ३ बजे आगलागी भएको बताईएको छ ।
एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि आगलागी पछि भएको भागदौड कारण ८ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले जनाएको छ ।आगलागीपछि सो अस्पतालमा रहेका ४० जना संक्रमितलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।
अस्पतालमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणमा खटिएका सबै अग्निनियन्त्रकलाई क्वारेन्टिनमा राखिएको छ ।