अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 08:00

लेबनानको बेरुतमा विस्फोट, १ सय भन्दा बढीको मृत्यु, ४ हजार बढी घाइते

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:३६ मा प्रकाशित

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको शक्तिशाली विस्फोटमा परी १ सय जनाभन्दा बढीको मृत्यु भएको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी ४ हजार भन्दा बढी घाइते भएका छन् ।

उक्त गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । सो विस्फोट निकै टाढासम्म सुुनिएको स्थानीयवासीले जनाएका छन् । विस्फोटपछिका अनलाइनमा राखिएका भिडिओहरुमा धुवाँको विशाल मुस्लो देखिएको छ भने धेरै भौतिक संरचनामा क्षति भएको बताईएको छ । त्यस गोदाममा कुनै बाह्य आक्रमण या आफैं विस्फोट भएको हो भन्ने बिषयमा अनुसन्धान थालिएको छ ।

यसैबीच, लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा राखिएको एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताउनुभएको छ । लेबनानका प्रधानमन्त्री हासान डीयाबले विस्फोटलाई देशको ठूलो विपत्ति को संज्ञा दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय