अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

कोरोनाको जोखिमका कारण सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:३३ मा प्रकाशित

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधारणको प्रवेश रोकिएको छ । सर्वसाधारणलाई सिंहदरबार प्रवेश गर्न वितरण गरिने पास रोकिएको गृहमन्त्रालयले जनाएको छ । कोरोना भाइरस (कोभिड( १९)को संक्रमणको खतरालाई मध्यनजर गरेर सिंहदरबारमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सर्वसाधारणलाई सिंहदरबार प्रवेशका लागि जारी गरिने पास तत्कालका लागि रोकिएको जानकारी दिनुभयो ।

सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै सिंहदरबार प्रवेश दिइन लागिएको उहाको भनाई छ । सिंहदरबारमा काम लिएर जाने सर्वसाधारण आज सिंहदरबार प्रवेश गर्ने ढोका बाहिर लामवद्ध भएपनि उनीहरूलाई प्रहरीले भित्र जानबाट रोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय