इस्लाम धर्मावलम्बीले आज बकर–इद (इदु उल अजहा) पर्व मनाएका छन् । बकर–इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड मानिन्छ रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिनासमेत जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमान समुदायले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने चलन छ ।
धार्मिक मान्यता अनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान (छोरा इस्माईल) लाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनका रुपमा कायम राखेको पाइन्छ ।
कुर्बानीको मासु तीन भागमा बाँडेर वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । शनिबार पर्व मनाउनका लागि मुसलमान समूदायले सबै किसिमको तयारी गरेको छ ।कोरोना प्रकोपका कारण यसपालिको ईद घरमै बसेर सुरक्षित तवरले मनाईएको हो ।
