अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५१ | Colorodo: 13:06

पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

बिआरटीनेपाल २०७७ साउन १५ गते ६:३० मा प्रकाशित

पहिरोका कारण बन्द रहेको पृथ्वी राजमार्ग दुईतर्फी खुलेको छ । अविरल वर्षासँगै बिहान ९ बजे यो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा पहिरो खस्दा पहिरो खस्दा सडक बन्द भएको थियो ।

एक्स्काभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो ।

यस्तै पहिरोका कारण बिहानदेखि बन्द भएको सिद्धार्थ राजमार्ग भने अझै खुलेको छैन । पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा सडकमाथिबाट खसेको पहिरोेका कारण बिहान १० बजेदेखि राजमार्गमा कुनै गाडी चल्न सकेका छैनन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय