अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१
| Colorodo: 07:36
समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अर्थात् एनजीओ र आईएनजीओले चलाएका परियोजनाको अनुगमन र मूल्याङ्कन गर्न विज्ञ व्यक्तिको दरखास्त माग गरेको छ ।
बिहीबार एक सूचनामार्फत परिषद्ले एनजीओ र आईएनजीओद्वारा सञ्चालित परियोजनाको अनुगमन र मूल्याङ्कनको लागि कार्यक्रम विज्ञ (टोली नेता) र आर्थिक विज्ञको आशयपत्र माग गरिएको जनाएको छ । विज्ञको टोली नेता र आर्थिक विज्ञको आशयपत्र तीस दिनभित्र पेस गरिसक्नुपर्नेछ ।
एनजीओ र आईएनजीओले आफूखुसी कार्यक्रम सञ्चालन गरेको र आर्थिक पारदर्शिता पनि नभएको गुनासो बढेपछि परिषद्ले अनुगमन र मूल्याङ्कन गर्न लागेको हो ।
