अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

आज साउन १५, खीर खाएर मनाइदैं

बिआरटीनेपाल २०७७ साउन १४ गते २२:३८ मा प्रकाशित

आज साउन १५ गते नेपालीहरूले खीर खाएर साउन १५ मनाउँदै छन् । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् ।

आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने चलन छ ।

स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचिनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय