अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

नेपालमा कोरोना संक्रमित थपिने क्रम पुनः बढ्यो, ५१ को मृत्यु, २ सय १० जना नयाँ संक्रमित थपिए

बिआरटीनेपाल २०७७ साउन १४ गते ६:३२ मा प्रकाशित

नेपालमा कोरोनाभाइरसको संक्रमण दर पुनः बढ्न थालेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि दिनहुँ बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । आज बिरगञ्जको कोभिड अस्पतालमा उपचाररत् ६८ बर्षीय एक पुरुष र बीरगन्ज ६ माईस्थानका अर्का एक जनाको कोरोनाका कारण मृत्यु भएपछि मृतकको संख्या ५१ पुगेको हो  । देशभर कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा २ सय १० जनामा संक्रमण पुष्टि भएसँगै जम्मा संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हाल ५ हजार २ सय २ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा १४६ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १४ हजार २१ जना ‘डिस्चार्ज’ भएर घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ६ हजार ३७ जनाको ‘पीसीआर’ परीक्षण भएको छ । हाल देशभर हाल १४ हजार ४ सय ७१ जना ‘क्वारेन्टिन’मा रहँदा ५ हजार २ सय ३ जनाको ‘आइसोलेसन’मा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय