अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९
| Colorodo: 02:44
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक लाखौँ डलर भ्रष्टाचार भएको एउटा मुद्दामा दोषी ठहर हुनुभएको । यो मुद्दा वन–एम–डी–बी नामको एक सरकारी कोषसँग जोडिएको छ, जसलाई पूर्वप्रधानमन्त्री रजाकले आफ्नो प्रभावमा दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।
पूर्वप्रधानमन्त्रीविरुद्ध यस्ता कम्तीमा तीन वटा मुद्दा चलिरहेको छ, जसमध्ये यो पहिलो मुद्दा हो, जसको फैसला आएको हो । मलेसियामा दुई वर्षअघि एक ऐतिहासिक चुनावमा मतदाताले नजिब रजाकलाई सत्ताबाट बाहिरको बाटो देखाइदिएका थिए ।
नजिब रजाकले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आउनुभएको छ । तर अभियोजन पक्षले भने रजाकले सरकारी कोषबाट कम्तीमा एक करोड अमेरिकी डलर आफ्नो खातामा ट्रान्सफर गरेको आरोप लगाएका छन् ।