अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 08:43

नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ साउन १३ गते ६:२८ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको छ । लकडाउन खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको छ भने मृतकको संख्या पनि एक्कासी बढेको छ । अहिले सम्म मृतकको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । पछिल्लो समय बझाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएसंगै संक्रमितको संख्या ४९ पुगेको हो ।

मुलुकमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ११ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं उपत्यकामा मात्रै ५२ जना थपिएका हुन् ।

हाल देशभर ५ हजार १ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमित निको भएर घर फर्कदा अहिलेसम्म जम्मा १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर हाल १५ हजार ३ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार १ सय २९ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय