अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 03:09

कोरोना भाइरसको महामारी अहिलेसम्मकै ठूलो स्वास्थ्य संकटः डब्लुएचओ

बिआरटीनेपाल २०७७ साउन १२ गते २३:२४ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी विश्वले सामना गरेको अहिलेसम्मकै ठूलो स्वास्थ्य संकट भनेको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोज अधानोम गेब्रससले कोभिड–१९ को स्वास्थ्य आपतकाल अहिलेसम्मकै सबैभन्दा गम्भीर स्वास्थ्य समस्या र गम्भीर विपद रहेको बताउनुभएको हो ।

डब्लुएचओले यो हप्ता कोरोना भाइरसका कारण घोषित स्वास्थ्य आपतकालको अहिलेसम्मको अवस्था मुल्यांकनका लागि आकश्मिक बैठक डोकेको छ । विश्व स्वास्थ्य संगठनले यसअघि इबोला, जिका, पोलियो र स्वाइन फ्लू का बेला पनि विश्वव्यापी स्वास्थ्य आपतकाल लगाएको थियो ।

तर यसपटकको महामारी अहिलेसम्मकै गम्भिर प्रकृतिको भएको डब्लुएचओले जनाएको छ । संकट अझै भयाबह अवस्थामा पुग्न्सक्ने भएकोले गम्भिर बन्न विश्व समुदायलाई उसको अपिल छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय