निर्वाचन आयोगले तत्कालीन समाजवादी पार्टीको बन्द सूचीबाट लीला सिटौलालाई समानुपातिक सांसद मनोनीत गरेको छ। समाजवादीकी सांसद सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गरेपछि उनको ठाउँमा बन्द सूचीको रोलक्रम अनुसार सिटौलालाई मनोनीत गरेको हो। सिटौला तत्कालीन समाजवादीको खस आर्य क्लष्टरबाट सांसद बनेका हुन्।
गिरीले आफूलाई सांसदबाट निष्कासन गर्ने निर्णय कानुनविपरीत रहेकाले रोक्न माग भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको भोलिपल्टै आयोगले रिक्त पदमा मनोनित गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तत्कालीन समाजवादी एवं हालको जनता समाजवादी पार्टीका नेता डा. शिवजी यादवले सिटौलालाई सांसदमा मनोनित गरेको पत्र दलले प्राप्त गरेको बताउनुभयो । आयोगले दिएको पत्र संघीय संसद सचिवालयमा बुझाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई प्रतिनिधिसभा सदस्यको सथप ग्रहण गराउनुहुनेछ ।
