अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो, १८ हजार ७ सय ५२ जना संक्रमित

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:२७ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट थप ३ एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । यो सहित मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड (१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार प नयाँसहित कूल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको छ । अहिलेसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ४ हजार ९ सय ५० पुगेको छ । जसमध्ये प्रदेश १ मा १९५, प्रदेश २ मा १ हजार ९११ जना , बागमती प्रदेशमा ४०२ जना, गण्डकी प्रदेशमा २४४ जना , प्रदेश ५ मा ३५३ जना, कर्णाली प्रदेशमा ३७५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना बिरामी रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना संक्रमणपछि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५४ पुगेको छ। ।क्वारेन्टाइनमा रहनेको संख्या १६ हजार ३७९ पुगेको छ भने आइसोलेसनमा ४ हजार ९ सय ५० जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय