अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

भदौमा विश्वविद्यालयका परीक्षा नगर्न नेविसंघको आग्रह

बिआरटीनेपाल २०७७ साउन १० गते ७:२९ मा प्रकाशित

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी भदौ महिनाको सुरुवातमा परीक्षा सुरु नगर्न आग्रह गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयलगायतका शैक्षिक संस्थाहरुसँग भदौको सुरुवातमा परीक्षा सुरु नगर्न आग्रह गर्नुभएको हो ।

भदौ महिनाको सुरूवातदेखि नै परीक्षाको तालिका सार्वजनिक गरेकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै ढुंगानाले विविध कठिनाइहरु यथावत रहेका कारण व्यवहारिक र उचित समयमा परीक्षा लिन माग गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय