अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा, परिवारले न्याय पाएन

बिआरटीनेपाल २०७७ साउन १० गते ७:१८ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ । २०७५ साउन १० गते साथीको घर जान भनि आफ्नो घरबाट निस्किएकी उनको भोलिपल्ट उखुबारीमा शव फेला परेको थियो । घटनाको अनुसन्धानका लागि प्रहरीका दर्जनौ टोलीले खटिएपनि र देशव्यापी आन्दोलनहरु हुँदा समेत अहिलेसम्म हत्यारा पक्ता नलागेपछि पीडित परिवारले न्याय पाउन सकेको छैन ।

घटनाको दुई वर्ष पुग्दा समेत हत्याराको पहिचान हुन नसक्दा राज्यप्रति नै प्रश्न चिन्ह खडा भएको छ । देशव्यापी आन्दोलन हुँदा समेत दोषि पक्ता नलागेपछि निर्मलाकी आमा दुर्गादेविले न्याय पाउने आश समेत मारिसकेको बताउनुहुन्छ । आफूले न्याय नपाउनुको प्रमुख कारण सरकार गम्भीर नहुनु उहाको आरोप छ ।

घटनाको दुई वर्षमा देशमा तीन जना प्रहरी प्रमुख फेरिएका छन् भने कञ्चनपुरले चार जना प्रहरी प्रमुखको नेतृत्व पाइसकेको छ । त्यस्तै, सिआइबिका आधा दर्जन टोली सहित एक दर्जन टोलीले घटनाको अनुसन्धान गरिसकेका छन् । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने घटनालाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ ।

लामो सयमसम्म विरोध र आन्दोलनका कारण अनुसन्धान प्रक्रिया नै प्रभावित बनेको निर्मला घटनामा पछिल्लो समय त्यस्ता गतिविधि रोकिएका छन् । जसले गर्दा प्रहरीले अनुसन्धानलाई काम गर्न सहज हुनुका साथै आमनागरिकमा पनि परिणाम आउने आशा पलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय