अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

सरकारले राजस्व संकलनको लागि मात्र लकडाउन खुलायो – नेपाली कांग्रेस

बिआरटीनेपाल २०७७ साउन ९ गते ६:४३ मा प्रकाशित

सरकारले राजस्व संकलनको लागि मात्र लकडाउन खुलाएको आरोप नेपाली कांग्रेसले लगाएको छ ।पार्टीको केन्द्रिय कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले बिना तयारी सरकारले गरेको धेरै खर्च धान्न र कार्यकर्ता पोस्न राजस्व संकलनको लागि मात्र लकडाउन खुलाएको आरोप लगाउनुभएको हो ।

उहाँले लकडाउन खुलाउँदाको तयारी र प्रोटोकल समेत सार्वजनिक गर्न माग गर्नुभएको छ । लकडाउन खोलेसँगै आम नागरिकमा कोरोनाको संक्रमणको खतरा बढेको भन्दै नागरिकलाई सचेत रहन अपिल गर्दै काँग्रेसले सचेतना अभियान चलाउन र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय