अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेट, कोरोनाबाट बच्न विशेष रणनीति तय गर्न देउवाको आग्रह

बिआरटीनेपाल २०७७ साउन ८ गते ६:०० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लक डाउनको अन्त्य भए पनि जोखिम नघटेकाले संक्रमबाट बच्ने सावधानीका उपाय अबलम्बन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवाले लक डाउन खुले पनि २० हजार हाराहारी संक्रमित भएको अवस्थामा कोरोनाबाट बच्न नयाँ र विशेष रणनीति निर्माण गर्न आग्रह गर्नुभएको हो ।

भेटबारे जानकारी दिँदै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडलले विशेष रणनीति बनाउन आग्रह गर्दै परिक्षण पीसिआर प्रविधीबाट मात्रै गर्न, क्वारेन्टाइनलाई मापदण्डयुक्त बनाउन सुझाव दिएको बताउनुभयो । भेटमा देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यलाई तीव्रता दिन पनि माग गर्नुभएको बुझिएको छ ।

उहाँले बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा मृत्यु, बेपत्ता र घरबारविहीन भएकाहरुलको उद्धार, राहत र पुनस्र्थापनाका कार्य युद्धस्तरमा गर्न सुझाव दिनुभएको हो । देउवाले कोरोनाका कारण विभिन्न क्षेत्रमा परेका असर न्युनिकरण गर्न पनि सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय