अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८
| Colorodo: 06:53
लगातारको बर्षा पछि आएको पहिरोमा पुरिएर पूर्बि नवलपरासीको बुलिङटार गाउपालिका २ जना वेपत्ता भएका छन् । चार दिन देखिको लगातार बर्षाका कारण आएको पहिरोले बुलिङटार गाउँपालिक २ डाँडाझेरीमा एक घर पहिरोले पुरीए पछि दुई जना पहिरोमा पुरीएर बेपत्ता भएका हुन ।
जिल्लाको पहाडी बिकट गाउँ डाडाँझेरीमा गए रातीको पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० बर्षीय शेरबहादुर सार्की र उनकी श्रीमति लाई बगाएको र घर समेत पुरेको उनका छोरा धनबीर सार्कीले जानकारी दिनुभयो ।
घटनाको गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापा मगरले पुष्टि गर्दै घटनामा दुई श्रीमान श्रीमति पहिरोले पुरिएर बेपत्ता बनाएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले घटना घटेको जानकारी दिदैं घटनास्थल पहाडी बिकट क्षेत्रमा भएकाले प्रहरी परिचालन गरिएको जानकारी दिनुभएको छ ।
