अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 23:41

हवाइ उडान सञ्चालनमा ल्याउने सरकारको तयारी

बिआरटीनेपाल २०७७ साउन ६ गते ०:१० मा प्रकाशित

सरकारले साउन २१ गतेदेखि आन्तरिक हवाइ उडान र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

कोरोना संक्रमण फैलिन थालेपछि चैत ११ गतेबाट गरेको लकडाउनसँगै बन्द भएको हवाई उडानहरु सञ्चालनमा ल्याउन आवश्यक तयारीमा जुटेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले साउन १५ गतेदेखि होटेलहरु खोल्न र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन अपरिहार्य रहेकोे भन्दै मन्त्रिपरिषद्मा प्रस्ताव राखेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू