अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१०
| Colorodo: 23:25
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार बिहान चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै बिहान ५ बजे खसेको पहिरोको कारण दुईतर्फी सडक अवरुद्ध भएकोले ओभरटेक नगरी आ–आफ्नो सवारीसाधन सुरक्षित स्थानमा रोक्न अनुरोध गरेको छ ।
पहिरो लगातार खसिरहेको र ठूलो भएकाले तत्काल हटाउन कठिनाई भइरहेको र बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।
दुई दिनदेखिको अविरल वर्षाका कारण सडकका विभिन्न भागमा पहिरो गएका छन् । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटक-पटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।
