अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 22:09

साउदीका राजा सलमान बिन अब्दुल अजिज अस्पताल भर्ना

बिआरटीनेपाल २०७७ साउन ४ गते २३:४० मा प्रकाशित

साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजको पित्त थैलीमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ । बीबीसीले साउदीको सरकारी समाचार एजेन्सी एसपीएलाइए उदृत गर्दै पित्त थैलीमा समस्या आएपछि रियादको किङ फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको बताएको छ ।

साउदीका शासक सलमान विश्वकै सबैभन्दा धेरै तेल आयात गर्ने मुलकका राजा हुनुहुन्छ । उहाँको पित्तशैली सुन्निएका कारण जलन हुने समस्या देखिएको समाचारमा जनाइएको छ । उहाँ ५० वर्षसम्म रियादको गभर्नर पनि रहनुभएको थियो ।

उहाँ साउदीका असल शासकको रुपमा स्थापित भइसक्नुभएको छ । सलमानले शासन अवधिमा साउदी अरबमा विभिन्न प्रकारको सुधार ल्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय