अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

‘अधम’ मान्छेले सरकार चलाइरहेको पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आरोप

बिआरटीनेपाल २०७७ साउन २ गते ७:३२ मा प्रकाशित

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूपनि नजान्ने र अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गर्नुभएको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमममा डा. भट्टराईले संकटको बेलापनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत् कुनै ठोस कार्यक्रम नल्याएको बताउनुभयो । कोरोनाका कारण समस्यामा परेका उद्योगी–व्यवसायी तथा श्रमिकका लागि कुनैपनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय