अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

प्रधानमन्त्रीलाई वामदेवको सुझाव– ’अयोध्याबारेको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्नुस’

बिआरटीनेपाल २०७७ असार ३० गते ६:५७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले वास्तविक अयोध्या नेपालमा रहेको भनेर दिएको अभिव्यक्ति फिर्ता लिई आत्मआलोचना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै गौतमले बरू प्राविधिक तथा इतिहासविदहरूको टोली बनाई अनुसन्धान र तथ्य संकलनमा लाग्न अनुरोध पनि गर्नुभयो ।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न भएकोले त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नुपर्ने गौतमले उल्लेख गर्नुभएको छ । प्राविधिक तथा इतिहासविद्हरूको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई उहाँले अनुरोध समेत गनुृभएको छ ।

ओलीले २ वर्षअघि आफूलाई यसबारे भन्दा विना अनुसन्धान र विना प्रमाण यस्तो कुरा कहीँ व्यक्त नगर्न सुझाव दिएको पनि वामदेवले स्मरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय