अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ असार ३० गते ६:५५ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय १६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ३४ कोरोना जितेर डिस्चार्ज भएका छन् । यो संगै मुलुकमा कोरोनाबाट निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६० दशमलव ५३ प्रतिशत हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको कोरोना पीसीआर परीक्षण भएको छ ।

अहिलेपनि मुलुकभर २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा रहँदा ६ हजार ६ सय ९५ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ । पछिल्लोपटक भोजपुर, मनाङ्ग, मुस्ताङ्ग र हुम्ला गरी ४ जिल्ला कोरोनामुक्त भएका छन् ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले सर्वसाधारणको जनजीवनलाई ध्यानमा राखेर मात्र सार्वजनिक यातायात चल्न स्वीकृति दिएको भन्दै त्यसको मापदण्ड पूरा गरेर अत्यावश्यक परेका खण्डमा मात्र सार्वजनिक यातायातको प्रयोग गर्न आग्रह गरेको छ । कोरोनासंग मिल्दो कुनै लक्षण भएमा सार्वजनिक यातायात प्रयोग नगर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय