अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 18:14

पोल्याण्डको राष्ट्रपति निर्वाचनमा रुढीवादी दुदाको जित, अल्पसंख्यकहरु खतरामा

बिआरटीनेपाल २०७७ असार ३० गते १:०० मा प्रकाशित

पोल्याण्डको राष्ट्रपतिमा रुढीवादी विचारका समर्थक वर्तमान राष्ट्रपति आन्जेई दुदाले जितेका छन् ।आइतबार भएको मतदानमा दुदाले प्रतिस्पर्धी रफाल ट्रजस्कोस्कीलाई पराजित गर्दै ५१.२ प्रतिशत मत प्राप्त गरेको पोलिस निर्वाचन आयोगले जनाएको छ ।

सन् १९८९ मा कम्युनिष्ट शासन ढलेयता पोल्याण्डमा भएका राष्ट्रपति चुनावमा यस पटक सबैभन्दा साँघुरो अन्तरको जित भएको जनाइएको छ ।चुनावको प्रमुख मुद्दा युरोपियन युनियनसँगको सम्बन्ध र लैंगिक तथा यौनिक अल्पसंख्यक एलजिबिटिक्यूआई समुदायको अधिकार रहेको थियो ।

नेशनलिस्ट ल एण्ड जस्टिस (पिआइएस) पार्टीका दुदा सोसल कन्जरभेटिभ धारको र रफाल उदारवादी मानिनुहुन्छ ।दुदाको जितले समलिंगी अधिकार थप कुण्ठित हुने सम्भावना बढेको छ । युरोपमा एलजिबिटिक्यूआइको अधिकारका दृष्टिमा पोल्याण्ड राम्रो मानिन्न । त्यहाँ ६८.२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय