अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

नेपालमा १ सय ४४ जना कोरोना संक्रमित थपिए, सोमबार एकैदिन १ हजार ७ सय ५ जना उपचारपछि डिस्चार्ज

बिआरटीनेपाल २०७७ असार २९ गते ६:५१ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ४४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनु भयो । यो अहिलेसम्मकै बढी हो । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६० दशमलव ७ प्रतिशत रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर परीक्षण भएको छ । हाल २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ६ हजार ६ सय १३ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय