अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८
| Colorodo: 23:33
कविता
कस्तो अकल्पनीय खबर?
जुन यी कानहरूले सुन्न असक्षम छन्
सुने पनि यो मनले स्विकार्न असमर्थ छ
हिजोसम्म यो धर्तीमा दुख/सुखको
साथ बाँडेको एकार्कामा
आज चटक्क यो धरा छाडेर गए भन्दा
यो भन्दा ठुलो चोट अरू के होला?
जुन यो मुटुले सहन मानी रहेको छैन
हो….उनी उही भीष्म हुन्
जो हर समय मुस्कान बाँडेर बाँच्न रुचाउँथे
मन मुटु खोलेर कुराकानी गर्दथे,
तर …..अफ्सोच!ईश्वरलाई राम्रो मान्छे नै
प्रिय लाग्दो रहेछ,
जसलाई टपक्क टिपेर लगे
हामी माझबाट।
अब केवल उन्को आवाज गुन्जन्छ
हाम्रा कानहरूमा,
मात्र झझल्को बाँकी छ हाम्रा नयनहरूमा
हामी विक्षिप्त छौँ,
उनीसँगको बिछोडमा
हामी बिव्हल छौँ उन्को बिदाइमा
तर ……तर पनि हामी बाध्य छौँ
उन्लाई बिदाइको हात हल्लाउन
हामी विवश छौँ
दुई थोपा आँसुको भेट् चढाई
उन्को आत्माको चीर शान्तिको कामना गर्न ………………../