अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

पर्वतमा ‘डिसइन्फेक्सन’ गर्ने कर्मचारीमा पनि कोरोेना

बिआरटीनेपाल २०७७ असार १३ गते ७:१२ मा प्रकाशित

पर्वतमा सञ्चालित अस्थायी कोरोना अस्पताल र ‘क्वारेन्टिन’मा ‘डिसइन्फेक्सन’ छर्कने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा शनिबार ती व्यक्तिमा संक्रमण पुष्टि भएको हो । योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।

अस्पताल र क्वारेन्टिनहरुमा डिसइन्फेक्सन छर्कने ५३ वर्षीय पुरुष कुश्मा नगरपालिकाका हुन् । उनलाई ‘आइसोलेसन’मा लगिएको पर्वत कोरोना अस्पतालका सदस्यसचिव डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

यसअघि, दुई चिकित्सकसहित पर्वतका ११ जना संक्रमित कोरोना निको भएर घर फर्किइसकेका छन् । ‘आइसोलेसन’मा उपचार गराइरहेका अरु ११ जनाको भने दोस्रोपटकको रिपोर्ट पनि ‘पोजिटिभ’ देखिएका कारण उपचारमै रहने डा. देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय