अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२
| Colorodo: 08:47
नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष हुन् । उनी फोक्सोको क्यान्सरको बिरामी रहेका थिए ।
आज ९शनिबार० बिहान मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–७ का ५० वर्षीय कोरोना संक्रमितको शव भरतरपुस्थित नेपाल आर्मीको कालीबहादुर गणले व्यवस्थापन गरेको थियो । उनको शव देवघाट स्थित जगंलमा लगेर गाडिएको छ ।
असार १० गतेदेखि चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको बिहीबार राति कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनलाई असार ११ गते राति १० बजे भरतपुर अस्पतालमा सारिएको थियो ।
