अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत् युवतीको मृत्यु

बिआरटीनेपाल २०७७ असार १२ गते ६:५६ मा प्रकाशित

सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत् एक युवतीको शुक्रबार मृत्यु भएको छ । मृत्यु भएकी महिलामा कोभिड–१९ संक्रमणको लक्षण देखिएकाले उनको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिकाको पाटु घर भएकी २१ वर्षीया युवतीको उपचारकाक्रममा मृत्यु भएको हो । मृतकको सम्पर्कमा रहेकाहरुको पहिचान गरी शव व्यवस्थापनसमेत गरिएको छ ।

अत्यधिक ज्वरो र श्वास–प्रश्वासमा समस्या भएपछि ती महिला सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । सिन्धुली अस्पतालमा उनलाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय