अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 10:46

कोभिड–१९ का कारण विश्वभर ४ लाख ९२ हजार ४ सय ६२ को मृत्यु, ९७ लाख ४१ हजार ५ सय ११ संक्रमित

बिआरटीनेपाल २०७७ असार १२ गते ६:४७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ९२ हजार ४ सय ६२ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ९७ लाख ४१ हजार ५ सय ११ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ५२ लाख ७२ हजार ७१ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५७ हजार ४ सय २१ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २६ हजार ७ सय ९८, इटालीमा ३४ हजार ६ सय ७८, स्पेनमा २८ हजार ३ सय ३० , फ्रान्समा २९ हजार ७ सय ५२, बेलायतमा ४३ हजार २ सय ३० जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १० हजार २ सय ३९, जर्मनीमा ९ हजार १२ , बेल्जियममा ९ हजार ७ सय ३१, ब्राजिलमा ५५ हजार ५४ , रसियामा ८ हजार ७ सय ८१ र क्यानडामा ८ हजार ५ सय ४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १५ हजार ३ सय १९ , पाकिस्तानमा ३ हजार ९ सय ६२, बंगलादेशमा १ हजार ६ सय ६१ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ६ सय ८३ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू