अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 17:49

दात्रृ निकायको सहयोग पारदर्शी सूची सार्वजनिक, एमसीसीसहितका ११ संस्था शीर्ष सूचीमा

बिआरटीनेपाल २०७७ असार ११ गते ७:१३ मा प्रकाशित

संसारभर सहयोग गरिरहेका दात्रृ निकायहरुको पारदर्शीतासम्बन्धि विश्व प्रतिवेदन, ‘एड ट्रान्सपरेन्सी इन्डेक्स २०२०’ सार्वजनिक गरिएको छ । अमेरिकादेखि चीनसम्मका दात्रृ निकायको पारदर्शीता अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा हाल नेपालमा सर्वाधिक चर्चामा रहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) सहितका ४७ दातृृ संस्था समेटिएका छन् ।

एमसीसी पारदर्शीताको दृष्टिमा शीर्ष सातमा परेको छ । सन् २०१८ मा पनि सातौं नम्बरमै रहेको यस संस्थाले व्यवस्थापनलगायत पक्षमा भने आफ्नो अंकमा सुधार गरेको छ । यसले १०० मा ९२ दशमलव १ अंक पाएको छ । पब्लिस ह्वाट यू फण्ड नामक अनुसन्धान संस्थाले सहयोग पारदर्शीताका लागि विश्व अभियान (दि ग्लोबल क्याम्पेन फर एड ट्रान्सपरेन्सी) नाम दिएर सार्वजनिक गरेको प्रतिवेदनको पहिलो स्थानमा भने ९८ अंकका साथ एशियाली विकास बैंक (एडीबी) रहेको छ ।

यसैगरी असाध्य राम्रो नतिजाका साथ शीर्ष ११ मा रहने संस्थाहरुमा दोस्रो स्थानमा विश्व बैंक, तेस्रोमा यूएनडीपी, चौथोमा अफ्रिकन डेभलपमेन्ट बैंक, पाँचौंमा इन्टर अमेरिकन डेभलपमेन्ट बैंक, छैठौंमा यूनिसेफ, सातौंमा एमसीसी, आठौंमा ग्लोबल फण्ड, नवौंमा डीएफआईडी–बेलायत, दशौंमा क्यानडा ग्लोबल अफेयर्स र एघारौंमा ग्याभी, दि भ्याक्सिन एलायन्स रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय