अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५०
| Colorodo: 15:05
अमेरिकामा विभिन्न कारण आएका नेपाली कोरोनाको महामारीको कारण ३ महिना देखि नेपाल जान नपाएका करिब २८१ जना नेपाली आज न्युयोर्क समयानुसार बिहान १०:१५ बजे जेएफकेबाट टर्की एयरलाइन्सको फ्लाइट नम्बर TK3301 बाट नेपालको लागि उडेका छन् । अमेरिकाका लागि नेपाली राजादुताबास डिसीको समन्वयमा यो व्यवस्था गरिएको हो ।
उक्त विमान उडेको १० घण्टा ५ मिनेट पछि टर्की समय अनुसार बिहान २ बजेर ५५ मिनेटमा टर्कीको इस्तानबुल पुग्नेछ । त्य्सपछी टर्की समय अनुसार बिहानको ४ बजेर ४० मिनेटमा काठमाण्डौंको लागि उडने छ ।
उक्त विमान काठमाण्डौं बुधवार दिनको २ बजे दिउसो पुग्नेछ ।