विश्व स्वास्थ्य संगठनले कोरोना महामारी दु्रत गतिमा फैलिएको भन्दै कोरोनाको नाममा राजनीति नगर्न चेतावनी दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधोनोम घेब्रेयससले दुबईमा आयोजना गरिएको शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा विश्वका नेताहरुलाई कोरोनाको नाममा राजनीति नगर्न चेतावनी दिनुभएको हो ।
टेड्रोसले विश्वमा कोरोना सङ्क्रमितको संख्या १० लाख पुग्न तीन महिनाको समय लागेकोमा पछिल्लो समय ८ दिनमा नै १० लाख कोरोना सङ्क्रमितहरु फेला परेको भन्दै कोरोनाले अझै पनि महामारीको रुप लिइरहेको बताउनुभयो ।
विश्वका स्थानीय अस्पतालहरुमा हुने गरेको राजनीतिका कारण ब्राजिल, इराक, भारत र दक्षिण तथा पश्चिम अमेरिकाका केही राज्यहरुमा संक्रमण फैलिएको बताउँदै उहाँले कोरोना महामारीसँगै राजनीति हावी भएका कारण संक्रमण फैलिएको आरोप लगाउनुभयो । महामारीको बेला विश्वका नेताहरु एकजुट हुन नसक्नु ठूलो समस्या भएको पनि उहाँले बताउनुभएको छ ।