अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

पर्यटनमन्त्री भट्टराई सहभागी भर्चुअल मिटिङमा पोर्न भिडियो प्ले

बिआरटीनेपाल २०७७ असार ८ गते ६:२१ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई संलग्न भर्चुअल बैठकमा पोर्न भिडियो प्ले भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजित ‘जुम एप’ भर्चुअल बैठकमा भएको उक्त घटनाले सबैलाई लाजमर्दो बनाएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका भट्टराईले उक्त बैठकमा सम्बोधन गर्न थालेपछि एक्कासी (अश्लिल) पोर्न भिडियो बज्दा परिस्थिति अन्योलपूर्ण भएको थियो । अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो बजेको बताइएको छ ।

लकडाउनको कारण सामाजिक दूरी कायम गर्न हिजोआज प्रविधिको प्रयोग गरेर बैठकहरु आयोजना भइरहेका छन् । पछिल्लो पटक जुम नामक एप यस कामका लागि खुबै प्रयोगमा आउने गरेको छ । तर यो एपमा छलफल चलिरहँदा लाजैमर्दा घटनाहरु दोहोरिन थालेका छन् । यसअघि नेपालमै र नेपालबाहिर पनि यस्ता घटना भएको सार्वजनिक भइरहेका छन् । यस्तो काम ह्याकरहरुबाट हुने गरेको बताइएको छ ।

अश्लिल भिडियो प्ले भएपछि तत्कालै एडमिनले भिडियो काटेका थिए । उक्त समयमा पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन क्षेत्रमा भएको समस्याबारे आफ्ना धारणा राखिरहनुभएको थियो । त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गर्नुभएको थियो । उक्त भर्चुअल बैठकमा मन्त्रीसहित करिब २ सय जना को सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय