अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

अङ्गीकृत नागरिकता दिने प्रस्ताव संविधान विपरीत भएको जसपा नेता महतोको टिप्पणी

बिआरटीनेपाल २०७७ असार ७ गते ८:०१ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरीत भएको बताउनुभएको छ । संसदको राज्य व्यवस्था समितिले नागरिक विधेयकमा विदेशी महिलालाई सात वर्षसम्म अंगीकृत नागरिकता नदिने र त्यसबेलासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी आवासीय अनुमति पत्र प्रदान गर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको छ ।

समितिको आजको बैठकमा जसपा सांसद महतोले यसको विरोध गर्नुभएको हो । अंगीकृत नागरिकका सन्दर्भमा जे बन्देज लगाउनु थियो, संविधानमा लगाइसकिएकाले अहिले फेरि ७ वर्षको प्रस्ताव किन गरिएको भन्दै प्रश्न गर्नुभयो । यस्तो किन प्रस्ताव आयो बुझ्न नसकेको भन्दै महतोले हामीले कहाँ प्रहार गर्न खोजेको हो र जनताको भावनामा ठेस पुग्ने कानुन बनाएर के सन्देश दिन खोजिएको हो उहाँले प्रश्न गर्नुभयो ।

सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावलाई राष्ट्रियतासँग जोड्न खोजिएको भन्दै उहाँले वैवाहिक सम्बन्धले राष्ट्रियतामा कहाँ असर परेको छ भन्ने प्रश्न गर्नुभयो । वैवाहिक सम्बन्धले हाम्रो राष्ट्रियतामा कहिले खलल गरेको छ ? गरेको छैन भने के का लागि जनता र उनीहरुको सम्बन्धलाई दण्डित गर्न खोजिएको हो भन्दै उहाँले जनस्तरको सम्बन्ध टुटाउने काम गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय