अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

सूर्यग्रहण लाग्यो

बिआरटीनेपाल २०७७ असार ७ गते ७:५३ मा प्रकाशित

आइतबार सूर्यग्रहण लागेको हो । नेपालमा बिहान १० बजेर ५० मिनेटमा सुरु भएको सूर्यग्रहणको प्रभाव अपरान्ह २ बजेर २३ मिनेटसम्म रहेको थियो । मध्यान्ह १२ बजेर ३८ मिनेट जाँदा सूर्यको करिब ८८ प्रतिशत भाग ढाकिएको थियो ।

नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिएको थियो । कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देखिएको थियो ।

नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय