अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

विप्लव नेतृत्वको नेकपाद्वारा गोर्खा भर्ती खारेजीको माग

बिआरटीनेपाल २०७७ असार ६ गते ६:४९ मा प्रकाशित

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले गोर्खा भर्ती खारेजीको माग गरेको छ । पाटी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आज एक विज्ञप्ती जारी गर्दै गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न समेत भारतलाई आग्रह गर्नुभएको छ । विप्लवले विज्ञप्ति मार्फत नेपाली युवालाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकू नबन्न पनि अपील गर्नुभएको छ ।

गलवान उपत्यकामा चीन र भारत बीचको सीमा विवादका कारण भीडन्त हुँदा भारतीय सेना मारिएको अवस्थामा गोर्खा रेजिमेन्टमा कार्यरत युवालाई बिदा कटाएर फिर्ता बोलाउने काम भएको विज्ञप्तिमा भनिएको छ । विप्लवले यो असंलग्न राष्ट्रले अबलम्बन गरेको सिद्धान्त विरुद्ध रहेको पनि बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय