अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 04:12

प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा आर्सनल ३–० ले पराजित, एस्टन भिल्ला र शेफिल्ड बराबरीमा रोकिए

बिआरटीनेपाल २०७७ असार ४ गते ७:५८ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ । कोरोना भाइरसका महामारीका कारण तीन महिनापछि गएराति सुरु भएको खेलमा म्यान सिटीले सहज जित निकालेको हो । खेलमा म्यान्चेस्टर सिटीका लागि राहिम स्टर्लिङ, केभिन डे ब्रायन र फिल फोडेनले एक एक गोल गरे । जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ ।

शिर्ष स्थानको लिभरपुलको समान खेलबाट ८२ अंक छ । पराजित टोली आर्सनल भने ४० अंकका साथ नवौं स्थानमा रहेको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया
लोकप्रिय